अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सरकार र विप्लव समूहबीच आजदेखि औपचारिक वार्ताकाे तयारी

news

 
  फागुन १९, २०७७ बुधबार 
काठमाण्डाै - सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहबीच आजदेखि औपचारिक वार्ता सुरु गर्ने तयारी भएको छ ।
 
वार्ताका लागि दुवै समूहले वार्ता समिति गठन गरेका छन् । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहले वार्ता टोली गठन गरेको छ ।
 
विप्लव समूहले वार्ताका लागि आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ । यो समूहले संसदीय व्यवस्थाको विकल्प र सङ्कट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार बनाउने एजेण्डा बोकेको छ ।
 
यस्तै वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा जनमतसंग्रह गर्नुपर्ने विप्लव समूहको माग रहेको छ । विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ ।
 
दुवै समूहले वार्ता टोली गठन गरेसँगै नेपाली कांग्रेसलगायत राजनीतिक दलहरुले सार्थक वार्ता गर्न सुझाव दिएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...