अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

news

 
 फागुन २४, २०७७ सोमबार
काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।
 
नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।
 
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्याेल र रणनीतिबारे छलफल हुने समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।
 
छलफलमा अदालतको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताउनुभयो । आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड-नेपाल समूहको तयारी छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...