अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रदूषणका कारण आजदेखि देशभरका विद्यालय चार दिन बन्द

news

 
 समाज
 
 
  चैत १७, २०७७ मंगलबार 
काठमाण्डाै - प्रदूषण बढेकाले आजदेखि देशभरका विद्यालय चार दिन बन्द भएका छन् ।
 
 वायु प्रदूषण बढेका कारण देशभरिका विद्यालय चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको हो ।
 
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताउनुभयो ।
 
सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन बन्द भए पनि पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा भने सञ्चालन हुने मन्त्रालयले जनाएको छ । 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...