अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वायु प्रदूषणका कारण बन्द भएका विद्यालयहरु आजदेखि खुल्दै

news

 
  चैत २२, २०७७ आइतबार 
काठमाण्डाै - वायु प्रदूषणका कारण बन्द भएका देशभरका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् ।
 
देशभर प्रदूषण अतिहानिकारक अवस्थामा पुगेपछि सरकारले गएको मङ्गलवारदेखि शुक्रवारसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
 
बालबालिकाहरुकाे स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हाे । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मङ्गलवार बसेकाे आकस्मिक बैठकले यस्ताे निर्णय गरेकाे थियाे । 
 
शिक्षण संस्था बन्दको निर्णयअघि मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । परिस्थितिका कारण तत्काल यस्तो निर्णय गर्नुपरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभएको छ ।
 
तर वायु प्रदूषण कम हुँदै गए पनि कोरोना भाइरसको सङ्क्रमणको डर कायमै रहेकाले आवश्यक सजगता अपनाउन प्रवक्ता शर्माले आग्रह गर्नुभएको छ । उहाँले मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत अतिआवश्यक मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।
 
यस्तै उहाँले आवश्यकताका आधारमा विद्यालयमा पढाइ सञ्चालन कसरी अघि बढाउने भन्ने जिम्मेवारी पालिकाहरुमै रहेकाले उचित निर्णय गरेर अघि बढ्न आग्रह गर्नुभएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...