अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

दलहरु औपचारिक र अनौपचारिक छलफलमा

news

 
 
  जेठ ८, २०७८ शनिबार 
काठमाण्डौ - प्रतिनिधि सभा विघटन भएर मध्यावधि चुनाव घोषणा भएसँगै राजनीतिक दलहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । 
 
गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको चुनाव गर्ने मिति तोकेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ । 
 
त्यसबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ । 
 
देउवा निवास बुढानिलकण्ठमा केहीबेरमा बैठक सुरु हुने कांग्रेसका नेताहरुले बताएका छन् । यस्तै नेकपा माओवादी केन्द्रले पनि उत्पन्न परिस्थितिबारे बिहानैदेखि आन्तरिक छलफल सुरु गरेको छ । 
 
उत्पन्न राजनीतिक परिस्थितिबारे आफूहरु बिहानैदेखि औपचारिक र अनौपचारिक छलफलमा जुटेको नेता देव गुरुङले उज्यालोलाई जानकारी दिनुभयो । 
 
यस्तै जनता समाजवादी पार्टीका नेताहरु पनि बिहानैदेखि छलफलमा जुटेका छन् । जसपाले आज बिहान ११ बजेका लागि कार्यकारिणी बैठक डोकेको र बैठकले थप निर्णय गर्ने नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । जसपामा अध्यक्ष महन्थ ठाकुर समूह तटस्थ बस्दा वैकल्पिक सरकार बनाउन विपक्षी गठबन्धनलाई समस्या भएको थियो । 
 
यस्तै नेकपा एमालेले पनि औपचारिक र अनौपचारिक छलफल सुरु गरेको छ । आज बेलुकासम्म अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय आउने एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो। यस्तै अब कसरी अघि बढ्ने भन्नेबारे एमालेको खनाल-नेपाल समूहले पनि छलफल गर्दै छ ।  बिहान ११ बजे छलफलको समय तय भएको र अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय गरिने खनाल-नेपाल समूहका नेता घनश्याम भुषालले जानकारी दिनुभयो । 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...