अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

संसद विघटनसम्बन्धी परेका सबै रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

news

 
 
 
  जेठ १४, २०७८ शुक्रबार 
काठमाण्डौ – प्रतिनिधि सभा विघटनसम्बन्धी परेका सबै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आज सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । 
 
चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ । विपक्षी दलहरुले सर्वोच्चमा बहुमत सांसदको उपस्थितिसहित दर्ता गरेको रिटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । 
 
अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले हिजो संवैधानिक इजलासमै पठाउने आदेश दिएको थियो । हिजो रिटको प्रारम्भिक सुनुवाइका क्रममा भोलि जेठ १५ को बजेट पेस गर्नुपर्ने भएकाले यसअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको आवश्यक भएकाले अन्तरिम आदेशको माग गरिएको थियो । 
 
तर प्रधानन्यायाधीशको इजलासले रिट निवेदनहरुमा उठान भएको विषयसमेत गम्भीर संवैधानिक व्याख्याको विषय भएकाले आवश्यक प्रक्रिया पूरा गरी संवैधानिक इजालसमा पेस गर्न आदेश भएको हो । आज प्रधानन्यायाधीशकै नेतृत्वमा कम्तीमा पाँच सदस्यीय इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...