अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

यी नदीहरुमा आज बाढीको सम्भावना

news

 
 
 
  असार २३, २०७८ बुधबार 
काठमाण्डाै - मनसुन फेरि सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी पर्न थालेको छ । अबको दुई/तीन दिन नै ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । योसँगै विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ।
 
आज कोशीका सहायक नदी सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोरलगायत नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, नारायणी र यसका सहायक नदी त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती र तिनाउ लगायतका नदीमा बाढीको जोखिम छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...