अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको ज्यान गयो

news

 
  असार २८, २०७८ सोमबार
काठमाण्डाै - भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको ज्यान गएको छ । उत्तराखण्डको बागेश्वर जिल्लामा भारी वर्षा पछि पहिरो जाँदा एउटा घर भत्किएको छ । घर भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । यस्तै, राजस्थानको कोटा जिल्लामा चट्याङ्ग लागेर चार जनाको ज्यान गएको छ ।
 
यस्तै,  धौलपुरमा पनि चट्याङ्ग लाग्दा तीन जना बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका केही ठाउँमा केही दिनयता लगातारजसो मेघगर्जनसहित पानी परिरहेको खबरमा उल्लेख गरिएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...