अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मेलम्ची उर्लिरहेकाले सतर्क रहन प्रशासनकाे आग्रह

news

 
  साउन १७, २०७८ आइतबार 
सिन्धुपाल्चोक - मेलम्ची किनाराका बासिन्दालाई थप क्षति हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरिएकाे छ । मेलम्ची उर्लिरहेकाले क्षतिकाे सम्भावना बढेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले  सतर्क रहन आग्रह गरेकाे हाे । 
 
 
शनिवार रातिदेखि आएको बाढीले राताे पुल बगाइसकेकाे र ग्यालथुम बजारसमेत जोखिममा रहेकाले सजगता अपनाउन आग्रह गरिएकाे  प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
 
आज बिहान रातो पुल बगेसँगै मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ । 
 
त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल समेत बगाएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष  निमा ग्याल्जेन शेर्पाले​ नाकोते खोलामा बाढी आएकाले मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई रातिदेखि नै सतर्क हुन अनुरोध गरिएकाे बताउनु भएकाे छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...