अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

खोप लगाएका र ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएकाहरुका लागि आजदेखि यूएईमा प्रवेश खुल्ला

news

 
  साउन २१, २०७८ बिहिबार
काठमाण्डाै - संयुक्त अरब इमिरेट्स यूएईले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
 
यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ ।
 
त्यसरी यूएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वरेण्टीन लगायतका अरु स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...