अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

विश्व आदिवासी दिवस मनाइँदै : प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

news

 
 
  साउन २५, २०७८ सोमबार 
काठमाण्डाै - आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ ।
 
सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा 'कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान' भन्ने नारासहित तय गरिएको छ । 
 
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । 
 
आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गर्नुभएको छ । 
 
नेपालले सन् २००७ सेप्टेम्बर १३ तारिखमा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र त्यसअनुसार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ  छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...