अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

अमेरिकाले अफगानिस्तानमा फसेकाहरुकाे उद्धारका लागि व्यावसायिक जहाजकाे प्रयाेग गर्ने

news

 
  भदौ ७, २०७८ सोमबार 
काठमाण्डाै - अमेरिकाले अफगानिस्तानमा फसेकाहरुको उद्धारका लागि व्यावसायिक जहाज प्रयोग गर्ने भएकाे छ ।
 
उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यावसायिक जहाजकाे पनि प्रयोग गर्ने तयारी गरिएकाे अमेरिकी रक्षा मन्त्रालयले जनाएको हो।
 
तालिबानले कब्जा गरेपछि धेरैले अफगानिस्तान छोड्न चाहेका छन् । उनीहरु काबुल विमानस्थलको बाहिर भीडभाडसहित बसेका बीबीसीले जनाएको छ ।
 
यस्तै, अमेरिकाले तालिबानको व्यवहार र आचरण हेरेर उ माथि प्रतिबन्ध लगाउने नलगाउने घोषणा गर्ने भएको छ । अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएसँगै सत्ताको नेतृत्वमा पुगेको तालिबानले अहिले नयाँ सरकार गठनको तयारी गरिरहेको छ ।
 
यस्तै, उहाँले अमेरिकी सेनाले काबुल विमानस्थलमा सुरक्षा दिइरहेको पनि दाबी गर्नु भएको छ । उनीहरुको उद्धार पछि मात्रै अमेरिकी सेना फर्किने बाइडेनले बताउनु भएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...