अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पहिरोसँगै खसेको ढुङ्गाले लागेर राेल्पामा आमा–छाेरीको ज्यान गयो

 

 

  असोज ६, रोल्पा – पहिरोसँगै खसेको ढुङ्गा लागेर रोल्पामा आमा–छोरीको ज्यान गएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उहाँकी दुई वर्षीया छोरी कृतिकाको ज्यान गएको हो ।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुङ्गा लागेर लड्दा आमा–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताउनुभयो ।

ढुङ्गा लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो ।

यसैगरी विवाह भोज खाएर फर्कने क्रममा लडेर रोल्पा नगरपालिका ३ खुमेलका ४४ वर्षीय तीर्थलाल थापाको ज्यान गएको छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...