समाचार
ईपीएल : ओसिलो मैदानका कारण काठमाण्डौ र पोखराको खेल प्रभावित
असोज १२, काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोजको खेल प्रभावित हुने भएको छ ।
ओसिलो मैदानमा कारण टस हुन सकेको छैन । खेल त्रिवि मैदान कीर्तिपुरमा अहिले सवा १२ बजे सुरु हुने भनिए पनि मैदान भिजेकाले ढिलाइ हुने सम्भावना छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो । पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिको खेल रद्द भएको थियो । त्यस्तै हिजो पनि पानी परेका कारण काठमाण्डौ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।