अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको ज्यान गयो

news

 

  पुस २१,काठमाण्डाै – केही दिनयता बढेको चिसोका कारण धनुषा र सप्तरीमा एक/एक जनाको ज्यान गएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको कठ्याँग्रिएर ज्यान गएको हो । यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिनुभयो ।

चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार पालिकाले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालय बन्द गरेकोे जनाएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...