अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अफगानिस्तानमा भूकम्प, २६ जनाको ज्यान गयो

news

 

 माघ ४, अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ ।

भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख छ। 

तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा हिजो ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको न्यूज एजेन्सी एफपीले जनाएको छ ।  

भूकम्पका कारण कयौँ घर भत्किएका छन् ।  ज्यान गुमाउनेमा धेरैजसो घर भत्किएर पुरिएकाहरु रहेका खबरमा उल्लेख छ ।

त्यहाँको आपत्कालीन सञ्चालन केन्द्रले भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको जनाएको छ । भूकम्प पछि वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...