अहिले तरंगमा

केहि छिनमा

समाचार

देशका पहाडी भू–भागमा मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

news

 

 माघ १३,काठमाण्डाै – देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सु/कुहिरो लागेको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोपछि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । ती क्षेत्रका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलिदेखि भने क्रमिक सुधार हुँदै जाने अनुमान छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...