अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

सार्वजनिक गाडीमा आजदेखि जोर-बिजोर प्रणाली हट्यो : ट्याक्सी र निजीमा भने कायमै

news

 

माघ १५,काठमाण्डाै - काठमाण्डौ उपत्यकामा आजदेखि सार्वजनिक गाडीमा जोर-बिजोर नियम हटेको छ ।

गएको माघ ७ गतेदेखि काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो । हिजो काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ट्याक्सी र निजी गाडीमा जोर-बिजोर यथावत् राख्दै सार्वजनिक गाडीमा हटाउने निर्णय गरेको हो ।

गएराति १२ बजेदेखि लागू हुनेगरी नयाँ निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो । यसअघि हिजो बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार यसअघि नै प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...