अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कोरोना विरुद्धको खोपलाई लिएर क्यानडामा भइरहेको विरोध प्रदर्शन उग्र बन्दै, प्रधानमन्त्रीले घर छाडे

news

 

माघ १७, कोरोना विरुद्धको खोपलाई लिएर क्यानडामा भइरहेको विरोध  प्रदर्शनले उग्र रुप लिएको छ ।

क्यानडा सरकारले सीमा पार गर्ने ट्रकका चालकलाई खोप अनिवार्य गरेपछि त्यसविरुद्ध प्रदर्शन सुरु भएको थियो । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा खोप लगाउनु पर्ने प्रस्ताव ल्याएपछि सुरु भएको विरोधमा अहिले अन्य माग पनि थपिएका छन् ।

कतिपय प्रदर्शनकारीहरुले देशव्यापी रुपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखेका छन् । विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन ठप्प भएको छ । प्रदर्शनकारीले कोरोनाको खोप लगाउनै पर्ने आग्रहलाई फाँसीवादसँग तुलना गरेका छन् ।

प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशङ्का गर्दै त्यहाँको प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

यस्तै, प्रदर्शनकारीले घर घेरेपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले परिवारसहित घर छाडेका बीबीसीले जनाएको छ । तर, उहाँ घर छाडेर कहाँ  जानु भयो भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि विरोध  प्रदर्शनका क्रममा प्रधानमन्त्री ट्रुडोले प्रदर्शनकारीलाई ‘अल्पसङ्ख्यक’ भन्दै टिप्पणी गर्नु भएकाे थियो । तर, अहिले प्रदर्शन व्यापक हुँदै गएको छ । ट्रक चालकले थालेको प्रदर्शनमा अहिले सयौँ नागरिकको पनि साथ रहेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...