अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

news

 

माघ २८, दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे हाे ।

आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । 

मृतक र घाइतेहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएकाे प्रहरीले जनाएकाे छ । 

आज बिहान दुई बजेदेखि लागेकाे आगाे अहिले नियन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयाे । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...