अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो, पेट्रोपोलिसमा आपत्काल घोषणा

news

 

फागुन ५,  ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुगेको छ । हजारौँ नागरिक प्रभावित भएका छन् ।

रियो दि जिनेरियाेको उत्तरतर्फ पर्ने पहाडी सहरमा अस्ति दशकौँपछि ठूलो मुसलधारे वर्षा भएको थियो।

पेट्रोपोलिस सहरमा आपत्काल घोषणा गरिएको छ । रुस भ्रमणमा रहेका राष्ट्रपति जइर बोल्सोनारोले त्यहाँ तत्कालै सहायता पठाइने बताउनुभएको छ । रियो दि जिनेरियाे राज्यका गभर्नरले सन् १९३२ पछि ठूलो वर्षा भएको बताएका छन्।

महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति भएको जलवायु विज्ञलाई उदृत गरी बीबीसीले जनाएको छ । हिलो मिसिएको भेल घरमा पसेको छ।

उद्धारकर्ताले पुरिएका मानिसलाई खोजिरहेका छन् । बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको पेट्रोपोलिस नगरप्रमुखको कार्यालयले जनाएको छ ।

विज्ञहरुले जलवायु परिवर्तनको प्रभावले भारी वर्षा भएको बताएका छन् । तातो वायुमण्डलमा बढी पानी हुने भएकाले विश्वव्यापी उष्णताले अत्यधिक वर्षा हुने गरेको र यसबाट आउने बाढीले जोखिम बढाएको विज्ञको भनाइ छ । पेट्रोपोलिस एउटा पर्यटकीय गन्तव्य हो तर पछिल्लो समय भूक्षयको जोखिममा रहेको छ ।

यसै महिनाको सुरुमा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परि दक्षिणपूर्वी ब्राजिलमा २८ जनाको ज्यान गएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...