अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

काेराेना बढेपछि चीनको जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू, नागरिक घरबाहिर निस्कन नपाउने

news

 

 चैत ७, कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा पारिएको छ । त्यहाँका नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न भनिएको छ ।

ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

जिलिन प्रन्तको चाङ्गचुङ्ग सहरका बासिन्दालाई पहिला खाद्यान्न लगायतका सरसामान खरिदका लागि नजिकैको पसलमा जान अनुमति दिइएको थियो । तर, अहिले सबै यो सुविधा हटाइएको छ ।

करिब ९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनिएको बीबीसीले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...