समाचार
आज पनि त्यहीँ शब्दले त्यो मर्दको मन कोक्याउँदो हो, कुशें औँशीको शुभकामना
आरती कुँवर
वालिङ
पसिनाका झरीले निथुरुक्क भिजेको डुङ डुङ गहनाउने शरिरमा नसकिदो गह्रौ भारी बोकेर जहान परिवारको खुशिको लागि आफ्नो खुशिको बलिदान दिनुभयो । चर चर फुटेका हातका हत्केला र चर चर फुटेका खुट्टाका हरेक औलाबाट राताम्मे रगतका धारा चुहिएका थिए । तर पनि आफ्ना सन्तानको भविष्यमा खुशिका सुनौला किरण छर्नका लागि संघर्षशिल पाइला कहिले थाकेनन । थाके पनि बिहानीको सुनौलो किरण संगै अदम्य साहाश लिएर फेरी दिनचर्या शुरु हुन्थे ।
कहाँ सजिलो छ र त्यो आकाशलाई कहिँले घामको रापिलो ताप सहन गर्न पर्छ त कहिँले थर थर कपाउने गरीको झरी त कहिँले गड्याङ गुडुङको मुटु नै चिर्ने जस्तै बिजुलि संगैका शत्तिशाली स्वरहरु । यि सबै चिज सहन गरेको आकाश र पिता सायद एउटै हुन । घामले पोल्न थाल्यो भने मान्छे कराउछन कति पोल्यो भन्छन तर आकाशले कति सहन गरेको होला कहिले नि भनेको सुनिएन । त्यस्तै छ सन्तानको माया आफ्नो पिता प्रति समयमा भनेको नभए नि कराउँछन ।
भन्दा बितिकै पैसा नपाए पनि कराउँछन । थोत्रा मोत्रा कपडामा बाउ लाई देखियो भने लाज लाउँछ । अरुका बाबा सुकिला कपडामा देख्दा आफ्नो बाउ प्रति घिन उत्पन्न हुन्छ । घामलाई पनि त मन लाग्थ्यो होला नि सँधै शितलमा रहने । पितालाई पनि त मन हुन्थ्यो होला रमाइलो जमात बोकेर खोक्ला भाषण ढाट्दै च्याप्प राता राता मासुका चोक्टा लिएर गिलास ठोक्याउदै ब्राण्डेड चिजको चुस्कि लगाउने ।
तर पनि त सन्तानको सुखको लागि कहिँले घाम त कहिँले झरी नभनि काममा धस्सिनुभयो । बरै कामको चापले, जिम्मेवारीको बोझले रातमा निद दिनका भोक, प्यास कति हराए होलान ? जिम्मेवारीको बोझले खुशिका पहाडहरुलाई थिच्दाँ थिच्दै चोला सकिन लागे । उमेरमा भारी बोक्दा कतै लडेर कतै ठोक्किएर ऐया भन्न नपाउदै रगतै संग गरेका दुःखहरु, चर चर फुटेका हात र खुट्टाका घाउहरु निको अझै पनि भएका छैनन । अब त सारै चर्याउछन होला ।
त्यहीँ घाउ र चोटको मलम बन्न त देशको बिग्रदो स्थितिले छोरा खाडी मुलक जानुपर्यो । छोरीलाई जन्मैको थलोमा पाल्ने संस्कार नभएर पराईघर जानुपर्यो । तर पनि त प्रदेशी छोराको पैसाले न मलम बन्यो न बुढेशकालको साहारा । छोरी त छोरी भैहाले पराईघरको मयार्दा नाघेर आउँन सकेनन ।
पितालाई हिजो हामी सानो हुदाँ पनि लाग्थ्यो होला म बेशाहारा थिए । आज पनि त्यहीँ शब्दले त्यो मर्दको मन कोक्याउँदो हो । कति नसुहाउँदो समय आएको होला न पैसा बाबाको लौरी बन्यो न मायाको छत्र छाहारीमा पिताको स्याहार सुसार गर्न नै सकियो । सन्तानको खुशिको लागि आफ्नो जिवन समर्पित गरेकोमा पिताले के पाउनुभयो त खै ? तर पनि फलको आशा नराखी निरन्तर संघर्ष त गरि नै राख्नुभयो । त्यसैले त मेरो बाबा सुपर म्यान मेरो बाबा ज्यु ज्यान भन्न मन लाग्छ ।
बाबा तपाईको अदम्य सहासलाई सल्युट छ । तपाईको सहन शक्ति र संघर्षशिल पाइलालाई सल्युट छ । आज कुशें औंसी सन्तानको सुख सुविद्याको लागि ज्यानको अनि खुशिको बलिदान गर्नुहुने ति महान बाबाहरुप्रति नमन । सबै धर्तिका बलवान बाबाहरुलाई बाबाको मुख हेर्ने दिनको शुभकामना ।