समाचार
गण्डकी प्रदेशका मन्त्रीहरु तथा सांसदद्धारा पुतलीबजार ११ जैसिडाडाँमा रहेको शितभण्डारको अवलोकन
रेडियो आँधीखोला
वालिङ, २५ माघ ।
पुतलीबजार नगरपालिका ११ जैसिडाडाँमा रहेको शितभण्डारमा समस्या आएपछि गण्डकी प्रदेशका मन्त्रीहरु, सांसद र योजना आयोगका उपाध्यक्ष लगाएत सरोकारवाला निकायले निरिक्षण गरेको छ । शितभण्डारमा राखिएको सुन्तला कुहिएर किसानहरु मारमा परेपछि आर्थिक मामिला मन्त्री सिताकुमारी सुन्दास, कृषि मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधिरकुमार पौडेल र योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्मा लगाएतको टोलीले निरिक्षण गरेको हो । निरिक्षणका क्रममा आर्थिक मामिला मन्त्री सिताकुमारी सुन्दासले सुन्तला कुहिदा किसानहरु मारमा परेको बताउदै किसानका पक्षमा केही निर्णय हुने बताउनुभयो ।
उहाँले शितभण्डार संचालनमा ध्यान दिनुपर्ने समेत बताउनुभयो । सोही क्रममा कृषि मन्त्री वेदबहादुर गुरुङले मुख्य मन्त्री खगराज अधिकारीले नै चासो राखेका कारण शितभण्डारको निरिक्षण गरिएको जानकारी दिनुभयो । उहाँले आगामी क्याविनेट बैठकमा केही महत्वपूर्ण निर्णय समेत हुने जनाउनुभयो । निरिक्षणका क्रममा सांसद सुधिरकुमार पौडेलले किसानका सुन्तला विग्रदा सभामा आफुले कुरा उठाएको र सोही अनुरुप निरिक्षण आएको बताउनुभयो ।
सुन्तला विग्रनुमा सबै पक्ष जिम्वेवार भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो । किसानको सुन्तला टिपाई, शित भण्डारणमा भण्डारण प्रकृया र प्राविकि पक्षको कमी भएको उहाँले बताउनुभयो । सोही कार्यक्रममा किसानहरु बोधराज अर्याल, कृष्णप्रसाद अर्याल, मुक्ति अधिकारी र कृष्णजंग केसी लगाएका किसानहरुले क्षतीपुर्तीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
शित भण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न निरिक्षण कार्यक्रमको संचालन सचिव छायाराम खनालले गर्नुभएको थियो । केही समय अगाडी गण्डकी प्रदेश सभाको सुन्य समयमा सांसद सुधिरकुमार पौडेलले शितभण्डारमा राखिएको सुन्तला कुहिदा किसान चिन्तीत भएको प्रति सभाको ध्यानकर्षण गराउनुभएको थियो ।