अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाका १० पालिकामा शिक्षक संघको नेतृत्व चयन

news

 
रेडियो आँधीखोला
वालिङ, २६ माघ ।
स्याङ्जाका १० ओटा पालिकामा नेपाल शिक्षक संघको अधिवेसन सम्पन्न भएको छ । ११ पालिका रहेको जिल्लामा वालिङ नगरपालिका बाहेक सबै पालिकामा शिक्षक संघकोे अधिवेसन सम्पन्न भएको हो । संघियता जारी भएपछि बनेको स्थानीयतहमा दोस्रो पटक शिक्षक संघको अधिवेसन भएको छ । शिक्षक संघ स्याङ्जाको विभिन्न पालिकामा भएको दोस्रो अधिबेशनले नेतृत्वमा नयाँ कार्यसमि
ति सर्वसम्मत रूपमा चयन भएको संघले जनाएको छ । 
संघको १० पालिकामा सम्पन्न भए अनुसार फेदिखोलामा शोभा थापा, पुतलीबजारमा लेखनाथ शर्मा, अर्जुनचौपारीमा बिष्णु प्रसाद चापागाँई, आँधीखोलामा जगदिश पौडेल, बिरुवामा राजु वाग्ले र भीरकोटमा चोलाकान्त काफ्लेको नेतृृत्वमा सर्वसहमतिमा नेतृत्व चयन भएका छन् । त्यसैगरी गल्याङ्मा लेखनाथ चापागाँई, चापाकोटमा गोपाल रेग्मी, कालीगण्डकीमा भीम थापा र हरिनासमा सुरज मानन्धरको नेतृत्वमा सर्वसहमतिमा पालिका कार्यसमिति चयन भएको संघले जनाएको छ ।
पालिकाको वडा अनुसार सदस्य चयन हुने व्यवस्था संघको ऐनमा छ । ऐनमा व्यवस्था भए अनुसार अधिवेसन सम्पन्न भएका पालिकामा कार्यसमिति चयन भएको शिक्षक संघका उपाध्यक्ष सीता गौडेल गैह्रेले जानकारी दिनुभयो । उहांका अनुसार वालिङ बाहेक सबै पालिकामा सर्वसहमतिमा कार्यसमिति चयन भएको बताउनुभयो ।  शिक्षक संघको जिल्ला कार्यसमितिको आगामी २८ गते शनिवार गर्ने भनिएको जिल्ला अधिवेसन स्थगित भएको जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...