अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

टापुभञ्याङ राष्ट्रिय माध्यमिक विद्यलय वालिङ ११ टापु भञ्याङको ६०औँ वार्शिकोत्सव

news

 
रेडियो आँधीखोला
वालिङ, २६ माघ ।
टापुभञ्याङ राष्ट्रिय माध्यमिक विद्यलय वालिङ ११ टापु भञ्याङको ६०औँ वार्शिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वार्शिकोत्सवलाई उद्दघाटन गर्दै गण्डकी प्रदेश सभा सांसद कल्पना तिवारीले राज्यले शिक्षामा धेरै लगानी गरेको बताउनुभयो । 
सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक विकास गरी अभिभावक तथा विद्यार्थीको आर्कषणको केन्द्र बनाउनुपर्ने भन्दै विद्यलयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिक्षा विना देशमा विकास संभव नरहेको भन्दै सांसद तिवारीले शिक्षाको विकासले नै राष्टले असल नागरिक प्राप्त गर्ने भन्दै अभिभावकहरु समेत शैक्षिक गतिविधिमा चनाखो हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रे, वडा नं. ११ का वडा अध्यक्ष डण्डपानी पंगेनी, भीरकोट ५ का निर्वतमान वडा अध्यक्ष यामप्रसाद अधिकारी, समाजसेवी यामलाल शर्मालगायतले बोल्नुभएको थियो । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विद्यार्थीहरु तथा विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट समेत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमराज अर्यालले विद्यालयको वार्शिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलराज तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमम स्वागत विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार विक र संचालन शिक्षक इन्द्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।  
यसैबीच उता महेन्द्र नमुना माध्यमिक बिद्यालय वालिङ ५ थानचौरको  ६३ औ वार्षिक कार्यक्रम तथा अभिभावाक दिवस सम्पन्न भएको छ । कार्यक्रमलाइ संबोधन गर्दै गण्डकी प्रदेश सभा सांसद भोज राज आर्यालले प्रवीधी मैत्री शिक्षा आजको आवश्यकता रहेको बताउनु भयो । समयानुकुल शिक्षामा पनि परिर्वतन आवश्यक रहेको भन्दै बढ्दो सूचना र प्रविधिको युगमा शिक्षालाई पनि प्रविधिमैत्रि बनाउनुपर्नेमा सांसद अर्यालले जोड दिनुभएको हो । कार्यक्रममा प्रधानाध्यापक अर्जुनपोख्रेलले २ करोड ७५ लाख बराबरको वार्षिक आय व्याय प्रस्तुत गर्नु भएको थियो  ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष छवि आल,े पुर्व गाबिस अध्यक्ष नरप्रसाद रेग्मी,  पुर्व बिधालय व्यवस्थापन समिती अध्यक्ष डालबहादुर खड्का, समाज सेवी याम बहादुर केसि, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्र पंगेनी लगायतले मन्तव्य राख्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन शिक्षक टेकराज अधिकारीले गर्नु भएको थियो ।
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...