समाचार
भीरकोटमा १ दिने आँखा तथा प्रसुती रोग सम्बन्धि शिविर हुने
रेडिया आँधीखोला
वालिङ, २९ माघ ।
यही फागुन १ गते सोमबार भीरकोट नगरपालिकामा १ दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । संन्त निरकारी मण्डल शाखा कार्यालय भीरकोटको आयोजना र मणिपाल शिक्षण अस्पताल , पोखराक
ो प्राविधिक सहयोगमा भीरकोट नगरपालिकामा एक दिन आँखा शिविर तथा प्रसुती रोग सम्बन्धी शिविर संचालन हुने भएको हो। । शिविरमा आँखा रोगका चिकित्सकहरु तथा प्रसुती रोग सम्बन्धी चिकित्सकहरुको टोलीले सेवा दिनेछन् ।
मणिपाल शिक्षण अस्पताल पोखराका अनुभवी विशेषज्ञ डाक्टरको टोलीद्वारा निरंकारी मण्डलको कार्यालय बयरघारीमा आँखा तथा प्रसुती रोग सम्बन्धी १ दिने शिविर सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष याम बहादुर खत्रीले जानकारी दिनुभयो । उक्त दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म शिविर संचालन हुने बताइएको छ । अध्यक्ष खत्रीले स्वास्थ्य शिविरमा उपस्थित भाइ स्वास्थ्य उपचार सेवा लिन आग्रह गर्नुभयो । थप उपचार आवश्यक पर्ने बिरामीलाई मणिपाल अस्पताल पोखराले सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने आयोजकले जनाएको छ।