अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पैरवी समुहका लागी अपाङ्गता समावेशी विकास र कानुनी व्यवस्था सम्बन्धी अभिमुखीकरण सम्पन्न

news

 
रेडियो आँधीखोला 
वालिङ, १ फाल्गुन ।
वालिङमा दुई दिने पैरवी समुहका लागी अपाङ्गता समावेशी विकास र कानुनी व्यवस्था सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्र्तगत स्थानीय तहमा अपाङ्गता समावेशी विकास भन्ने नाराका साथ द एसिया फाउण्डेसनको सहयोगमा वालिङ नगरपालिकाको समन्वयमा स्याङ्जा अपांगता समाजको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो । 
अभिमुखीकरणको समापन गर्नुहुँदै वालिङ नगरप्रमुख कृष्ण खांणले अपाङगताका क्षेत्रमा ल्याईएको निति, कार्ययोजना  तथा बजेटलाई कार्यान्वयनमा ल्याईने प्रतिवद्धता जनाउनुभयो । नगरप्रमुख खांणले भोगाई, र बोलाई फरक रहेको भन्दै बोलेर आश्वासन मात्रै दिनुभन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण रहेकोभन्दै अपांगताका निति तथा कार्यविधिहरुको पुर्ण कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभएको हो । कार्यक्रममा राष्टिय अपाङ्गता महासंघका निर्वतमान अध्यक्ष मित्रलाल शर्मा, द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियार, स्याङ्जा अपांगता समाजका निर्वतमान अध्यक्ष युवराज प
राजुलीलगायतले बोल्नुभएको थियो 
दुई दिन सम्म संचालित अभिमुखीकरणमा पैरवी समुहका सदस्यहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणमा राष्टिय अपाङ्गता महासंघका निर्वतमान अध्यक्ष मित्रलाल शर्मा, स्याङ्जा अपांगता समाजका अध्यक्ष राम शर्मा अर्याल, समाजका निर्वतमान अध्यक्ष युवराज पराजुलीले सहजीकरण गर्नुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...