अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

निशुल्क आँखा शिविरमा २२३ जनाले सेवा लिए

 
रेडियो आँधीखोला
वालिङ, २ फाल्गन ।
भीरकोट नगरपालिकाको बयरघारीमा सम्पन्न स्वास्थ्य शिविरमा २२३ जनाले सेवा लिएका छन् । सन्त निरंकारी मण्डल बयरघारीको आयोजना मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा बयरघारीमा आयोजित निशुल्क आँखा र महिला सम्बन्धी शिविरबाट २२३ जनाले सेवा लिएका हुन् ।
 सन्त निरंकारी मण्डलले हरेक वर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको संस्थाका अध्यक्ष यामबहादुर खत्रिले बताउनुभयो । खत्रिले भन्नुभयो,‘हामीले हरेक वर्ष शिविर, रक्तदानलगायतका सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएका छौँ । बीचमा यो कोभिडको समयमा केहि वर्ष ग्याब भएपनि हामीले हरेक वर्ष केहि नयाँ गर्ने प्रयासमा हामी अगाडि बढेका छौँ ।’ आर्थिक अभाव तथा रोग लुकाउने प्रवृत्तिको न्युनिकरणका लागी स्थानीय स्तरमै विशेषज्ञ सहितको शिविर आयोजना गरेर धेरै भन्दा धेरैलाई निशुल्क स्वास्थ्य सेवा दिने प्रयासमा कार्यक्रम गरिएको अध्यक्ष खत्रिले बताउनुभयो । 
शिविरमा महिला सम्बन्धी विषेशज्ञ कृष्णप्रसाद आचार्य सहित आँखा सम्बन्धी विशेषज्ञ तथा मणिपाल शिक्षण अस्पतालको टोलीले सेवा दिएका थिए  । शिविरमा १३५ जना महिलाले आँखा सहित आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् भने ८८ जना पुरुषले आँखा जाँच गराएर निशुल्क औषधी लगेका छन् । शिविरमा आँखा जाँच गराएका मध्ये ११ जनालाई मोतियाविन्दु देखिएकाले  अपरेशनका लागी पोखरा लगिने छ । अपरेशन निशुल्क हुने संस्थाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...