अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

काठमाडौँको लोट्से मलमा भएको चोरीले मोबाईल एशोसियसन वालिङ दुःखी

news

 
रेडियो आँधीखोला 
वालिङ, ४ फाल्गुन ।
काठमाडौँको लोट्से मलमा भएको चोरीको घटनाप्रति मोबाईल एशोसियसन वालिङले चिन्ता व्यक्त गरेको छ । फाल्गुन १ गते यातायात मजदुर संघले गरेको सरकार विरोधी आन्दोलनको नाममा काठमाडौको नयाँ बसपार्क स्थित उक्त मलमा अप्रत्यासित रुपमा भएको लुटपाटको घटनाले वालिङका मोबाईल व्यवसायी चिन्तित बनेका हुन ्। वालिङ मोबाईल एशोसियसनले एक विज्ञप्ति जारी गर्दै यस घटनाप्रति चिन्ता व्यक्त गरेको हो । 
एशोसियसनका अध्यक्ष विनोद पराजुली तथा सचिव श्यामप्रसाद डुम्रेद्धारा जारी विज्ञप्तिमा नेपाल सरकार समक्ष उक्त घटना बाट भएको क्षतिपुर्ति सहित उक्त कार्यमा संलग्न सम्पुर्णलाई कानुन बमोजिम कडा भन्दा कडा कार्बाहीको माग समेत गरेको छ । अप्रत्यासित रुपमा गरिएको यो अमानविय व्यवहारको मोबाई एशोसियसन वालिङ स्याङ्जा घोर भत्र्सना गर्दछ विज्ञप्तिमा भनिएको छ । साथै नागरिकहरु प्रति सरकार छ भन्ने भावको विकास होस भन्दै नागरिकको सुशाससनको प्रत्याभुति रहने गरी नेपाल सरकारलाई ठोस कदम चाल्न समेत माग गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...