अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ खेलमैदानमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको चौँथो दिन उल्लेख्य भक्तजनहरुको सहभागिता

news

 
रेडियो आँधीखोला 
वालिङ, ५ फाल्गुन ।
वालिङ खेलमैदानमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको चौँथो दिन उल्लेख्य भक्तजनहरुले कथा श्रवण गरेका छन् ।  श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा फाल्गुन १ गतेदेखि शुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ को दोस्रो दिन गौ माताको महत्वको बारेमा प्रवचन तथा भजन कृतन गरिएको छ । महायज्ञमा अहिलेसम्म १९ लाख २ हजार ७१४ रुपैँया संकलन भएको छ ।  
पहिलो दिन १ लाख ६९ हजार ७६ रुपैँया नगद संकलन भएको छ भने दोस्रो दिन मंगलबार १ लाख ६८ जार ६१० रुपैँया संकलन भएको रसिद व्यवस्थापन तथा चन्दा संकलन उपसमिति संयोजक शान्ता थापाले जानकारी दिनुभयो । त्यस्तै चौथो दिन हिजो बिहीबार मात्रै ८ लाख ९१ हजार नौ सय रकम संकलन भएको छ । संयोजक थापाका अनुसार महायज्ञ शुरु हुनु अगावै महायज्ञ मुल आयोजक समितिहरुबाट समेत ३ लाख १७ हजार दान तथा सहयोग रकम संकलन भएको थियो । 
गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागी आयोजित महायज्ञमा आफ्नो नाममा गाई पालन गर्न चाहाने भक्तजनले २५ हजार दिनुपर्ने व्यवस्था गरिएको छ । महायज्ञमा ५ हजार भन्दा माथि सहयोग गर्नेलाई प्रमाणपत्र र १० हजार भन्दा माथि सहयोग गर्नेलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । महायज्ञमा विभिन्न दानदाताहरुले स्वत स्फुर्त रुपमा व्यक्तिगत रुपमा तथा संस्थागत एवं समुहगत रुपमा समेत सहयोग गर्नुभएको छ । 
गाई संरक्षणका लागी आयोजित महायज्ञ फाल्गुन ७ गतेसम्म सञ्चालन हुनेछ । शिव रात्रिको अवसरमा  फाल्गुन ६ गते महाशिवरात्रि विषेश झाँकी एवं शिव कथा वाचन गरिनेछ ।  बढ्दो बजारीकरण तथा शहरीकरणले गर्दा मानिसले गाई पालनतर्फ रुचि नदेखाउँदा धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षणका लागी महायज्ञको आयोजना गरिएको हो । 
वालिङमा रहेका छाडा गाई व्यवस्थापनका लागी स्वार्गाश्रम गौशाला मार्फत गौ संरक्षण गरिएपनि अहिले उक्त स्थानमा प्रयाप्त गौचरनको अभाव हुँदा दिगो गौ संरक्षण गर्न समस्या भएपछि हाल काफलडाँडामा शिवालय फूलबारी गुठी गौशाला आश्रम मार्फत गौ संरक्षण तथा व्यवस्थापन गरिँदै आईएको छ । अहिले उक्त गौशालामा १२६ गाई रहेका छन् । 
महायज्ञमा प्रमुख वाचक पण्डित नेत्रप्रसाद पराजुली रहनुभएको छ । महायज्ञमा पितृहरुको बैकुण्ठवासको कामनाका लागी १० लाख दिप प्रज्वलन, सवा लाख गायत्री मन्त्रजाप तथा हवन, लघुरुद्री पाठ, सतचण्डी पाठ पाराय
ण, नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, ब्रतबन्ध, तुलादान, भुमिदान, गौदानलगायतको कार्यक्रमहरु भईरहेका छन् । महायज्ञ सम्पन्न गर्न १५०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...