अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिऔं ः मन्त्री किराँती

 
रेडियो आँधीखोला
वालिङ, ६ फागुन ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले घरबास (होमस्टे) ले स्थानीय स्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका १ पञ्चमुलमा अवस्थित सिरुबारी सामुदायिक घरबास (होमस्टे) को रजत जयन्तीको अवसरमा आज सिरुबारीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले घरबासमा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका परिकारहरुकासाथै स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो ।
“घरबास भनिएपनि कतिपय ठाउँमा बजारबाटै खरिद गरेर ल्याईएका सामग्रीहरुको प्रयोग हुन्छ” उहाँले भन्नुभयो, “घरबासमा आउने पाहुनालाई जे जति सकिन्छ स्थानीय परिकारहरु र स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिऔं, जसले होमस्टेको पहिचान दिन्छ ।” गाउँ गाउँमा सञ्चालन भएका होमस्टेमा बजारबाट खाद्यान्न आयात गरेर नभई स्थानीयस्तरमै उत्पादन भएका परिकारहरुको प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
स्थानीयस्तरमा उत्पादन भएको खाद्यान्नको प्रयोगले स्थानीयता पनि झल्कने र गाउँको आम्दानी गाउँमै रहने भएकाले आर्थिक विकासमासमेत महत्वपूर्ण उपलब्धी हुने उहाँले बताउनुभयो ।
दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) कोरुपमा स्थापित भएको सिरुबारी स्थापना भएको २५ वर्ष पूरा भएको छ । यो घरबासको २०५४ कात्तिक २३ गते विधिवत स्थापना भएको थियो । क्याप्टेन रुद्रमान गुरुङले सिरुबारीलाई दक्षिण एशियाकै पहिलो सामुदायिक घरबासकोरुपमा स्थापना गर्नुभएको थियो ।
घरबासको रजत जयन्तीको अवसरमा गत बिहीबारदेखि विविध कार्यक्रमह गरिएका छन् । होमस्टेको राजधानी अर्थात् पाठशालाकोरुपमा स्थापित सिरुबारीले विभिन्न पुरस्कारहरु प्राप्त गरिसकेको छ । सिरुबारीले सामुदायिकस्तरमा पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानलाई कदर गर्दै एब्त्ब् ब्धबचम ९एबअषष्अ ब्कष्ब त्चबखभ िब्ककयअष्बतष्यल द्दण्ण्ज्ञ० प्राप्त गरेको छ । वि.सं २०७४ मा उत्कृष्ट होमस्टेकोरुपमा पनि पुरस्कार प्राप्त गरेको छ । देशकै एकसय नयाँ पर्यटकीय गन्तब्यमध्ये सिरुबारी सामुदायिक घरबास पनि सूचिकृत छ ।
 
३९ घरबाट शुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ । यहाँ एकसयको हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत सत्कार गर्ने गरिन्छ । विशेष गरेर यहाँ घरबासको ब्यवस्थापन पक्षकाबारेमा बुझ्न टाढा टाढाबाट पाहुनाहरु आउने गर्छन् । वि.सं २०७८ मा सिरुबारी गाउँको तस्विर अङ्कित हुलाक टिकट प्रकाशन भईसकेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...