अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङको महायज्ञमा छैठौं दिनसम्म ७१ लाख भन्दा बढी संकलन

news

 
रेडियो आँधीखोला
वालिङ, ७ फाल्गुन ।
वालिङ खेलमैदानमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको छैठौँ दिन उल्लेख्य भक्तजनहरुले कथा श्रवण गर्नुभएको छ । शनिबार महाशिवरात्रि पर्व समेत परेकाले शनिबार उल्लेख्य भक्तजनहरुको सहभागिता रहेको थियो ।  श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा फाल्गुन १ गतेदेखि शुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ को छैठौँ भगवान शिवको झाँकी तथा कथा प्रवचन तथा भजन कृतन गरिएको छ । 
महायज्ञमा अहिलेसम्म ७१ लाख भन्दा बढी संकलन भएको रसिद व्यवस्थापन तथा चन्दा संकलन उपसमिति संयोजक शान्ता थापाले जानकारी दिनुभयो । संयोजक थापाका अनुसार शनिबार मात्रै अनुमानित ४० लाख संकलन भएको छ । शनिबार डा. पवमान सुवेदी बालकृष्णले महायज्ञमा ११ लाख रुपैँया प्रदान गर्नुभएको छ ।
गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागी आयोजित महायज्ञमा आफ्नो नाममा गाई पालन गर्न चाहाने भक्तजनले २५ हजार ५०० दिनुपर्ने व्यवस्था गरिएको छ । यसरी गाई पालनका लागी २५ हजार ५०० तथा २५ हजार ५ सय भन्दा माथि सहयोग गर्नेको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।  महायज्ञमा ५ हजार भन्दा माथि सहयोग गर्नेलाई प्रमाणपत्र र १० हजार भन्दा माथि सहयोग गर्नेलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । 
महायज्ञमा विभिन्न दानदाताहरुले स्वत स्फुर्त रुपमा व्यक्तिगत रुपमा तथा संस्थागत एवं समुहगत रुपमा समेत नगद तथा जिन्सी सहयोग गर्नुभएको छ । विभिन्न आमा समुहहरुले महायज्ञका लागी बत्ती तथा दुना टपरी समेत सहयोग गर्नुभएको छ भने अन्य जिन्सी सामानहरु समेत महायज्ञलाई प्राप्त भएको छ । 
गाई संरक्षणका लागी आयोजित महायज्ञ  भोली सम्म सञ्चालन हुनेछ ।  बढ्दो बजारीकरण तथा शहरीकरणले गर्दा मानिसले गाई पालनतर्फ रुचि नदेखाउँदा धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षणका लागी महायज्ञक
ो आयोजना गरिएको हो । 
महायज्ञमा प्रमुख वाचक पण्डित नेत्रप्रसाद पराजुली रहनुभएको छ । महायज्ञमा पितृहरुको बैकुण्ठवासको कामनाका लागी १० लाख दिप प्रज्वलन, सवा लाख गायत्री मन्त्रजाप तथा हवन, लघुरुद्री पाठ, सतचण्डी पाठ पारायण, नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, ब्रतबन्ध, तुलादान, भुमिदान, गौदानलगायतको कार्यक्रमहरु गरिएका छन् । महायज्ञको हरेक दिन रेडियो आँधीखोलाले प्रत्यक्ष प्रसारण समेत गर्दै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...