अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

छायाँक्षेत्र मन्दिरमा शिवरात्रिमा ५ लाख १४ हजार ७९७ भेटि रकम संकलन

news

 
रेडियो आँधीखोला
वालिङ, ७ फाल्गुन ।
गण्डकी प्रदेशकै प्रसिद्ध मन्दिर छायाँक्षेत्र मन्दिरमा महाशिवरात्रि मेलाका अवसरमा ५ लाख भन्दा बढी भेटि रकम संकलन भएको छ । महाशिवरात्रिका अवसरमा मन्दिरमा शनिबार २ बजेदेखि साँझ ६ बजेसम्म नै भक्तजनहरुले मन्दिरमा स्नान तथा पुजा आरधाना गर्नुभएको छ । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा महाशिवरात्रि मेलाको आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा ५ लाख १४ हजार ६९७ रुपैँया भेटि तथा दान रकम संकलन भएको हो । मन्दिरमा शनिबार महाशिव रात्रिका अवसरमा ठुलो मेला लागेको थियो । 
पार्किङमा ७ हजार ७४५, दु्रत सेवाबाट १ लाख ५१ हजार ८ सय, आजिवन सदस्यबाट ४१ हजार ३ सय, सहयोग रसिदबाट ५५ हजार २५, स्टल विक्रिबाट ९१ हजार ४४०, दानपेटिका बाट ५४ हजार १८०, भजन मण्डलीबाट १ लाख १३ हजार २ सय गरी उक्त रकम संकलन भएको सहसचिव पौडेलले जानकारी दिनुभयो । मन्दिरमा २० हजार भन्दा बढी भक्तजनहरुले पुजा पाठ तथा स्नान गर्नुभएको छ । 
पछिल्लो समय मन्दिरमा थप गरिएको विभिन्न देवि देवताको मुर्तिहरु तथा अन्य भौतिक संरचनाहरु निर्माण भएसंगै धार्मिक पर्यटकहरुको आवागमनमा वृद्धि भएको छ । मन्दिरमा गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशबाट समेत महाशिवरात्रिमा भक्तजनहरु आउनेछन् । 
मन्दिरमा विशेष गरी महाशिवरात्रि, साउने सोमबार, ठुली एकादशी, श्रीकृष्णजन्माष्ठमीलगायतका विभिन्न पर्वहरुमा मेला लाग्ने गर्छ । श्री स्वस्थानीमा उल्लेख गरिएअनुसार शिव भगवानले आफ्नी मृत सतिदेवीको शरिर लिएर ब्रमाण्ड डुल्ने क्रममा यहाँ आइपुग्दा सम्पपुर्ण अंग खसेर छयाङ भएको र भगवान शिवले त्रिशुल प्रहार गरी जल निकालेर आफ्नो तिर्खा मेटाएको र उक्त जल अहिले पनि छाङछाङ गर्दै बगिरहेकाले सोही जलले स्नान तथा शिवको पुजा आरधानाका लागी टाढा टाढाबाट समेत भक्तजनहरु यहाँ आउने गरेका छन्। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...