अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

बुह्रान विमर्श एवम रचना वाचन समारोह सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ८ फाल्गुन ।
प्रजातन्त्र दिवसका अवसरमा कृतिको विमर्श एवं रचना वाचन वालिङ ६ मिर्दिमा सम्पन्न भएको छ । बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा  युवा आख्यानकार व्यक्तित्व महानन्द ढकालको नवीनतम आख्यान कृति “बुह्रान”को विमर्श एवम रचना वाचन मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा महानन्द ढकालले आफ्नो उत्कृष्ट गजल रचना वाचन तथा व्यानर बढेर कार्यक्रमको उद्दघाटन गर्नुभएको हो । उहाँले साहित्यको बारेमा चर्चा गर्नुहुँदै समाज परिर्वतनका लागी साहित्यले महत्वपुर्ण योगदान दिएको बताउनुभयो । 
कार्यक्रमा डा. अच्युतशरण अर्याल, नारायणप्रसाद ज्ञवाली र वेदप्रसाद अर्यालले आफ्ना भनाई सहित रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सिजन अर्याल,स्मारिका अर्याल,  तोलाकान्त बगाले,  बोधराज न्यौपाने, गिरधारी अर्याल राजु, पारिश्वर न्यौपाने, गोपालप्रसाद न्यौपाने, वसन्ती अधिकारी, सुदीप सुवेदी, मालारानी थापा क्षेत्री, लक्ष्मीप्रसाद ढकाल र विष्णुप्रसाद ढकाल लगायतका साहित्यकारहरुले आफ्ना उत्कृष्ट रचनाहरु वाचन गर्नुभएको थियोे । 
वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीको अध्यक्षतामा आयोजित समारोहमा बाबुराम रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो । अभियानका संस्थापक द्वय वसन्त खनाल र शम्भु अर्यालले “बुह्रान“ कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण अभियानका संस्थापक संयोजक मिलन समीरद्वारा गरिएको थियोे । यसैबीच बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले महानन्द ढकाललाई सम्मान समेत गरेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...