अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा संचालित महायज्ञ सम्पन्न, महायज्ञमा झण्डै ८२ लाख संकलन

news

 
रेडियो आँधीखोला
वालिङ, ८ फाल्गुन ।
वालिङमा संचालित महायज्ञ सम्पन्न भएको छ । वालिङ खेलमैदानमा फाल्गुन १ गतेदेखि शुरु भएको महायज्ञ हिजो समापन भएको हो । श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ जेष्ठ व्यक्तित्व तेज प्रसाद काफ्लेले समापन गर्नुभएको हो । महायज्ञमा झण्डै ८२ लाख संकलन भएको छ । महायज्ञको अन्तिम दिन आईतबार समेत भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । अन्तिम दिन आईतबार समेत १२ लाख ४ हजार ५५५ रुपैँया संकलन भएको छ । यो रकम रसिदतर्फबाट संकलित रकम हो । यसरी महायज्ञमा रसिद मार्फत संकलन भएको रकम ८१ लाख ८१ हजार ५३३ रहेको छ । 
गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागी आयोजित महायज्ञमा आफ्नो नाममा गाई पालन गर्न चाहाने भक्तजनले २५ हजार ५०० दिनुपर्ने व्यवस्था गरिएको थियो । यसरी गाई पालनका लागी २५ हजार ५०० तथा २५ हजार ५ सय भन्दा माथि सहयोग गर्नेहरु समेत उल्येख्य रहेका छन् । महायज्ञमा ५ हजार भन्दा माथि सहयोग गर्नेलाई प्रमाणपत्र र १० हजार भन्दा माथि सहयोग गर्नेलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । महायज्ञमा विभिन्न दानदाताहरुले स्वत स्फुर्त रुपमा व्यक्तिगत रुपमा तथा संस्थागत एवं समुहगत रुपमा समेत नगद तथा जिन्सी सहयोग गर्नुभएको थियो । 
बढ्दो बजारीकरण तथा शहरीकरणले गर्दा मानिसले गाई पालनतर्फ रुचि नदेखाउँदा धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षणका लागी महायज्ञको आयोजना गरिएको हो । 
महायज्ञमा प्रमुख वाचक पण्डित नेत्रप्रसाद पराजुली रहनुभएको थियो । महायज्ञमा पितृहरुको बैकुण्ठवासको कामनाका लागी १० लाख दिप प्रज्वलन, सवा लाख गायत्री मन्त्रजाप तथा हवन, लघुरुद्री पाठ, सतचण्डी पाठ पारायण, नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, ब्रतबन्ध, तुलादान, भुमिदान, गौदानलगायतको कार्यक्रमहरु आयोजना गरिएका थिए । महायज्ञ सम्पन्न गर्न १५०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...