अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आफु अव्वल अम्पायरको भूमिकामा रहने सभामुख घिमिरेको दावी

news

 
 
रेडियो आँधीखोला
वालिङ,१० फाल्गुन 
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आँफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताउनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता २०७९ को उद्घाटन गर्दै उहाँले निश्पक्षताकासाथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।
प्रतिनिधिसभाको समामुखको भूमिकामा आँफू रहेसँगै निश्पक्षताकासाथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको बताउँदै उहाँले आँफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताउनुभएको हो ।
“म अहिले एम्पाएरको भूमिकामा छु र अब्बल एम्पाएर भएर देखाउने छु” उहाँले भन्नुभयो, “तर त्यसकालागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गरेर बिजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।”
जनताले गरेका अपेक्षाहरु पूरा गर्नकालागि तयार रहेको उहाँले बताउनुभयो । भौतिक पूर्वाधारहरु, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनमा यहाँका स्थानीयले आँफूप्रति राखेको अपेक्षा पूरा गर्नकालागि सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
खेल जीवनको अभिन्न अंग, जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउनकालागि आधार बन्न सक्ने भएकाले यसलाई ब्यवसायिकतातर्फ जोड्दै जानुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, निर्मला थापा, निवर्तमान प्रदेशसभा सदस्य मोहन रेग्मी, गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष साबित्रा कोईराला लगायतले प्रतियोगिताको सफलता साथै निरन्तरताकालागि शुभकामना ब्यक्त गर्नुभएको थियो । 
 
२१ करोड ५७ लाखको लागतमा निर्माण हुन लागेको १५ शैयाको कालीगण्डकी अस्पताल २०८१ कार्तिक मसान्त सम्म आरएनसिएस विकोन जेभीले सम्पन्न गर्नुपर्नेछ । यो अस्पताल सम्पन्न हुंदा स्याङजा सहित छिमेकी जिल्ला पर्वत र गुल्मीका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, निर्मला थापा, निवर्तमान प्रदेशसभा सदस्य मोहन रेग्मी, गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष साबित्रा कोईराला लगायतले प्रतियोगिताको सफलता साथै निरन्तरताकालागि शुभकामना ब्यक्त गर्नुभएको थियो । 
यस्तै आजै उद्घाटन भएको अघ्यक्ष कपमा १९ विधाका खेल संचालन गरीएको छ । पालिका स्तरीय खेलमा पहिलोपटक यती धेरै खेलकुदका विधा समेटीएको कालीगण्डकी गाउककंपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । 
उक्त कार्यक्रममा कालिगण्डकी २ लसर्घाले संरक्षण गरेको लोपोन्मुख जिउमामा नृत्य प्रस्तुत गरीएको थियो । उद्घाटनकै अवसरमा पालिका झण्डा निर्माता मदन भट्राई , पालिका निशान छाप निर्माता रितीजा क्षेष्ठलाई जनही ५० हजार सहित सम्मान गरिएको छ । नवौं राष्ट्रिय खेलकुदमा कालिगण्डकीबाट प्रतिनिधित्व गरेर विभिन्न पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरिएको थियो ।  ंपालिकाले खेलकुदमा ठुलो लगानी गरेको कारण धेरै खेलाडीहरू राष्ट्रिय तथा प्रादेशीक खेलकुदमा समावेश भएका छन् भने युवा पुस्तामा खेलकुदको आकर्षण बढेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...