अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

कार्यसम्पादनमा आधिँखोला गाउँपालिका उत्कृष्ट

news

 
रेडियो आँधीखोला
वालिङ, ११ फाल्गुन ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाको आधिँखोला गाउँपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष २०८०–०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जा जिल्लाका ११ पालिकामध्ये आधिँखोला गाउँपालिका उत्कृष्ट भएको हो । 
आधिँखोला गाउँपालिकाले ७४ दशमलव ९४०४ अङ्क प्राप्त गरेको छ । आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा आधिँखोला गाउँपालिका प्रथम भएको हो ।
जिल्लामा रहेको पाँच नगरपालिकामध्ये भीरकोट नगरपालिका उत्कृष्ट भएको छ । भीरकोट नगरपालिकाले ६४ दशमलव ००१७ अङ्क प्राप्त गरेको छ । त्यसैगरी पुतलीबजार नगरपालिकाले ५९ दशमलव ०९, वालिङ नगरपालिकाले ५८ दशमलव १६४२, गल्याङ नगरपालिकाले ५२ दशमलव ३४७९ र चापाकोट नगरपालिकाले ४८ दशमलव ६५८६ अङ्क प्राप्त गरेको छ ।
त्यसैगरी कालीगण्डकी गाउँपालिकाले ६७ दशमल २४२६, फेदीखोला गाउँपालिकाले ६६ दशमलव २९९९, अर्जुनचौपारी गाउँपालिकाले ६० दशमलव १८८९, हरिनास गाउँपालिकाले ५९ दशमलव ७६५६ र विरुवा गाउँपालिकाले ५३ दशमलव ३७७७ अङ्क प्राप्त गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...