समाचार
शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा छ ःनगर प्रमुख भट्टराई
रेडियो आँधीखोला
वालिङ, १२ फाल्गन ।
नागरिकको सबै भन्दा महत्वपूर्ण पक्ष शिक्षा, चेतना र स्वास्थ्य भएको बताउदै गल्याङ नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चे स्थित कालीका माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहको समुद्वघाटनका अवसरमा प्रमुख भट्टराईले यस्तो बताउनुभएको हो ।
शिक्षित व्यक्ति र स्वास्थ्य व्यक्तिले नगरको चौतफी विकास निर्माणमा सहयोग पु¥याउने भएकाले नगरपालिका भित्र आर्थिक अभावका कारण कोही पनि बालवालिकाहरु शिक्षाको अबसरबाट बच्ति हुन नपरोस् भन्दै आफूले विपन्न बालवालिका पढाउन अभियानको थालनी गरेको कुरा बताउनु भयो ।
आजको विद्यार्थी भोलिको भविष्य कता जाने भन्ने विषयले आफूलाई चिन्ता लागेको बताउदै अभिभावकले बेलैमा चासो दिएर अगाडि वढ्न आवश्यक भएको उहाँले बताउनुभयो ।
साथै उहाँले कृषि र पशुपालका क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेकोर प्रदेश तथा संघ संग समन्वय गरेर विकास निर्माण अभियानमा अगाडि वढ्ने प्रतिबन्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केदार राज आचार्य,गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष ढाकाराम न्यौपाने, वडा नं३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई ,वडा नं.५ का वडाअध्यक्ष धनश्याम भट्टराई,वडा नं.१० का वडाअध्यक्ष मुक्ति प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष भुपराज न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ चिन्तामणि न्यौपानेले शैक्षिक प्रगती प्रतिबेदन भौतिक अवस्था तथा १ करोड ३२ लाख बरावरको आयव्यार्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य चिन्तामणि न्यौपानेले र कार्यक्रमको सञ्चालन शिक्षक तोरणराज वस्यालले गर्नु भएको थियो ।