अहिले तरंगमा

केहि छिनमा

समाचार

राजनीतिक भागबण्डामा उवासंघ समिति, अध्यक्षमा श्रेष्ठ

news

 
रेडियो आँधीखोला 
वालिङ, १३ फाल्गुन ।
जिल्लाको व्यापारीक केन्द्र वालिङको व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघमा राजनीतिक भागबण्डाका आधारमा समिति चयन गरिएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक भागबण्डामा व्यावसायी समिति चयन गरेका हुन् । 
नेपाली काँग्रेसले नेतृत्व सहित अल्पमत र नेकपा एमालेलाई बरिष्ठ उपाध्यक्ष सहित बहुमतको आधारमा भागबण्डा गरेर समिति चयन गरिएको छ । राजनीतिक सिन्डिकेटमा वालिङ उद्योग वाणिज्य संघ अल्झिएको छ । व्यावसायीको हकहिका लागि स्थापना गरिएको व्यवसायीको संस्थामा राजनीतिक भागबण्डा हुन थालेपछि उद्योग वाणिज्य संघको गरिमा घट्ने चिन्तामा व्यवसायि छन् ।
भागबण्डामा २१ सदस्यीय चयन गरिएको वालिङ उद्योग वाणिज्य संघको ८ औं अधिवेसनले अध्यक्षमा नेपाली काँग्रेसबाट चेतनारायण श्रेष्ठ चयन हुनुभएको छ । बरिष्ठ उपाध्यक्षमा नेकपा एमालेका तर्फबाट अनुपमा ढुङ्गाना चयन हुुनुभएको छ । संघको उपाध्यक्षमा खगेन्द्रप्रसाद अर्याल, महासचिवमा रमेश अर्याल, सचिवमा पिताम्वर खनाल चयन हुनुभएो छ । 
कोषाध्यक्षमा खगुपति न्यौपाने, सह—कोषाध्यक्षमा केशव पराजुली चयन भएको संघका कार्यकारी सचिव बावुराम रेग्मीले जानकारी दिनुभयो । सदस्यहरुमा अशोक तिवारी, विश्वास लम्साल, गोविन्द तिवारी, इश्वरी प्रसाद गैह्रे, पिताम्बर भुषाल, मन्जु खड्का, प्रकाश अधिकारी, सुविन्द्र गुरुङ र मोहम्मद कलाम मियाँ चयन भएको रेग्मीले बताउनुभयो । 
निर्वमान अध्यक्ष पनि पदेन सदस्य रहने विद्यानत व्यवस्था रहेको संघमा ४ जना सदस्य मनोनित हुन बाँकी रहेका छन् । संघमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । लामो समय समिति चयनमा विवाद रहको संघको कार्यसमिति दुईदल बिच सहमति भएपछि टुङ्गिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...