समाचार
चापाकोटमा लायन्स क्लव अफ पोखरा सेन्ट्रल भ्यालिले छात्रवृति वितरण
रेडियो आँधीखोला
वालिङ, १४ फाल्गुन ।
स्याङ्जाको चापाकोट नगरपालिकामा लायन्स क्लव अफ पोखरा सेन्ट्रल भ्यालिले छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालिको आयोजनामा चापाकोट नगरपालिका ७ स्थित श्री आदर्श मावि पटसारमा गीता स्मृति लायन्स छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
चापाकोट नगरपालिका ७ का वडा अध्यक्ष मोहन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा तीस हजार बराबरको छात्रवृति र खेलकुद सामग्री वितरण गरिएको लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालिले जनाएको छ ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालिले संस्थाका अध्यक्ष लायन दिलिप कुमार बस्ताकोटीका दिवंगत बैनी गीता बस्ताकोटीको स्मृतिमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरि विगत ४ वर्षदेखि श्री राधा दामोदर संस्कृत मावि रिमाल्डिही र आदर्श मावि पटसारमा अध्यायन गर्ने जेहेन्दार विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिको सिफारिसमा छात्रवृत्ति वितरण गर्दै आएको छ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा
सेन्ट्रल भ्यालिका पुर्व अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के का फाइनेन्शियल कन्शल्टेन्ट लायन पदमबन्धु पोख्रेल, क्बका कोषाध्यक्ष लायन लक्ष्मण गुरुङ लगायतले लायनवाद र समाजमा लायन्स क्लबले गर्ने सेवाका कार्यहरुका विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालिका अध्यक्ष एवं गीता स्मृति लायन्स छात्रवृति कोषका संरक्षक लायन दिलिप कुमार बस्ताकोटीको अध्यक्षता भएको कार्यक्रम सञ्चालन सचिव लायन सुर्य गिरीले गर्नु भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र स्थानीयहरुको उपस्थिति रहेको थियो।