अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मानवअधिकार तथा शान्ति समाजको १५४ औं बैठक स्याङ्जामा

news

 
रेडियो आँधीखोला 
वालिङ, १४ फाल्गुन ।
मानवअधिकार तथा शान्ति समाज नेपालको केन्द्रिय वैठक सहित बिबिध कार्यक्रम स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ । मानवअधिकार तथा शान्ति समाज स्याङ्जा शाखाको आतिथ्यतामा नवनिर्वाचित केन्द्रिय समितिको पहिलो एवं समग्रमा १५४ औं बैठक सहित  बिबिध कार्यक्रम सम्पन्न भएका छन् । समाजको आयोजनामा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार विषयक अन्र्तक्रिया गरिएको छ ।
 
पुतलीबजार नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले मौलिक हकका रुपमा रहेको स्वास्थ्य शिक्षा र बैज्ञानिक शिक्षा सबैको अधिकारको उपयोग सबैले समानरुपमा उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकार सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।
 
कार्यक्रममा समाजका केन्द्रिय सभापति रामकृष्ण बराल, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, नेपाली कांग्रेसका सहसचिव धुवबन्धु पौडेल, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज नारायणप्रसाद लम्साल, भूमि आयोगका सदस्य एवं प्राध्यापक सोमनाथ लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी, समाजका केन्द्रिय पूर्व सभापति उत्तम पुडासैनी, निवर्तमान सभापति गोविन्द खनाल, वरिष्ट उपसभापति कृष्णबहादुर रावल, महिला उद्यमी विकास समितिका संयोजक इन्द्रेणी अधिकारी लगायतले स्वयंसेवीरुपमा क्रियाशिल संस्थाले समाजसेवाप्रति गरेको योगदानको चर्चा गर्नुभयोे । 
 
समाजका केन्द्रिय उपसभापति राजेन्द्र पौडेल, केन्द्रिय सचिव द्धय लक्ष्मीनारायण मिश्र र सन्तोष अधिकारीले राष्ट्रिय परिषद बैठकले पारित गरेका शिक्षा स्वास्थ्य, युद्ध निषेध र मेरो फोहोर मेरो जिम्मेवारी बिषयक अवधारणा वाचन गर्नुभयोे ।  स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेलले र पुण्यशिला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले धारणा सहित सुझाव दिनुभयो ।
 
उदघाटनसंगै पाणिनी आधुनिक गुरुकुल आश्रममा अध्ययनरत बटुकहरुले स्वस्तीवाचन गरेका थिए । समाजका जिल्ला सभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वसभापति प्रकाश डोटेलले स्वागत उपसभापति भवानी अधिकारीले संचालन एवं सचिव गंगादेवी पोखरेलले धन्यवाद ब्यक्त गर्नुभयो ।
 
यसैगरी, साँझ प्रगतीनगरदेखि सहिदचोकसम्म युद्ध निषेधको आब्हान गर्दे शान्ति रयाली र दिप प्रज्वलन गरिएको छ । रुस र युक्रेनको युद्ध तत्काल रोकियोस भन्दै समाजले शान्ति रयाली सहित दिप प्रज्वल गरेको हो ।
 
शान्ति काब्य वाचन गरिएको छ । काब्य वाचनमा बाल साहित्यप्रेमी किरण कडेल, आयुष काफले, सन्देश काफलेले र समाजका केन्द्रिय सचिव लक्ष्मीनारायण मिश्र र केन्द्रीय सदस्य जानुका अधिकारीले आ आफना कविता वाचन गर्नुभयो । शान्ति काब्य वाचनको सहजीकरण समाजका सदस्य एवं साहित्यप्रेमी रविन केसीले गर्नुभएको थियो । शान्ति समितिको बैठकपछि शनिवार बिहान बृक्षरोपण, आधीखोला सरसफाई गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...