अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

आँधीखोलाको सरसफाई अन्र्तगत नवौँ हप्ता वालिङ खेलमैदान स्थित विभिन्न समाजघर पछाडि सरसफाई

news

 
रेडियो आँधीखोला 
वालिङ, १४ फाल्गुन ।
आँधीखोलाको नवौँ हप्ता समेत सरसफाई गरिएको छ । आँधीखोला संरक्षण तथा सरसफाई अभियान अन्र्तगत आज नवाँैँ हप्ता पनि सरसफाई गरिएको हो । आँधीखोला संरक्षण सरोकार मञ्चको अगुवाईमा विगत दुई महिनादेखि हरेक हप्ता सरसफाई गरिँदै आईएको मंचका प्रकाश अर्यालले बताउनुभयो । 
नवौँ हप्ता अन्र्तगत वालिङ खेलमैदानमा रहेका गुरुङ समाज, मगर समाज, कुँवर समाज र नेवार समाज भवन पछाडि सरसफाई गरिएको अर्यालले बताउनुभयो । सरसफाईमा रिद्धि सिद्धि बचत तथा ऋण सहकारी, भिमटारी युवा क्लब, सुरक्षा, निकाय तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो । आँधीखोलाको सभ्यता तथा ऐतिहासिक महत्वलाई संरक्षण गर्न र खोलामा रहेका जलचर प्राणीको रक्षा गर्न तथा वातावरणीय सरसफाईका निमित्त आँधीखोला सफाई अपरिहार्य रहेको  छ । साथै विभिन्न जातिय समाज भवन पछाडि परिसरका फोहोरहरु सम्बन्धीत समाजले नै सफा गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...