समाचार
मगर राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न पालिकाद्धारा सार्वजानिक विदा
रेडियो आँधीखोला
वालिङ, १५ फाल्गुन ।
आज राष्टिय ४१औं मगर एकता दिवस । विश्वभर छरिएर रहेका मगर जातजातिले विभिन्न कार्यक्रम गरेर मनाउदैछन । प्रत्येक फागुन १५ गतेका दिन राष्टिय मगर दिवस हर्ष उल्लासका साथ मनाउने गरिन्छ । यसैबिच मगर राष्ट्रिय एकता दिवसका अवसरमा स्याङ्जाका विभिन्न पालिकाले सार्वजानिक विदा दिएका छन् । फाल्गुन १५ मा मगर समुदायले हरेक वर्ष मगर स्थापना दिवस तथा मगर एकता दिवसका रुपमा मनाउँदै आएका छन् ।
दिवसका अवसरमा ११ पालिका रहेको स्याङ्जामा विभिन्न पालिकाले विदा दिएका छन् । वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिकाले सार्वजानिक विदा दिएको छ । भने कालीगण्डकी, विरुवालगायत गाउँपालिकाले पनि विदा दिएका छन् । दिवसका अवसरमा नगर भित्र रहेका विद्यालय, सरकारी कार्यालय, संघसंस्था तथा वित्तिय कार्यालयका लागी सार्वजानिक विदा दिईएको हो ।
दिवसका अवसरमा देश तथा विदेशमा रहेका मगर संघले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका लागी दिवस मनाउँनेछ गर्छन ।
मगर समुदायले बोलिने तीन वटा मातृभाषा (ढुुट, खाम, पाङ र काइके) मगर जातीको धर्म प्रकृति पुजक, बौद्ध मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मगर जाती समुदायको रुपमा चिनिदै आएको छ ।
छुट्टै फरक आफ्नै मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातीको एकताको दिवस नै मगर दिवस भनेर चिनिदै आएको छ । नेपालमा रहेका विभिन्न जातजातिहरुको आ आफ्नै पहिचान र अस्त्तिव बोकेको छ जसलाई दिर्घकालिन पहिचान दिन र राष्ट्रको पहिचान बनाउन हरेक जातजातिहरु आफ्नो जातीलाई सचेत र संगठीत हुंदै आईरहेको अवस्थामा जसमा मगर समुदाय पनि एक हो । यसैबीच नेपाल मगर संघ वालिङले दिवसको अवसरमा मोटरसाईकल रयाली सम्पन्न गरेको छ ।