समाचार
वालिङ उद्योग वाणिज्य संघको पदस्थापन
रेडियो आँधीखोला
वालिङ, १६ फाल्गुन ।
वालिङ उद्योग वाणिज्य संघका नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । संघको सचिवालयमा सम्पन्न पदस्थापन कार्यक्रममालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद भोजराज अर्यालले वालिङको विकासका लागी सबै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । साथै सांसद अर्यालले निजि क्षेत्रलाई एकिकृत गरी व्यवसाय प्रर्वद्धनका लागी नयाँ समिति महत्वपुर्ण भुमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । व्यवसायिको हकहितका लागी स्थापित उद्योग वाणिज्य संघले वर्तमान अवस्थामा व्यवसायीहरुको पीडालाई बुझेर व्यवसाय थप मजबुत तथा उल्लासपुर्ण बनाउनका लागी तिनै तहका सरकारसंग हातेमोलो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष चेतनारायण श्रेष्ठ सहितको नयाँ समितिले पदभार तथा पदस्थापन गरेको हो ।
उक्त निर्वाचित समितिले पदस्थापन गरेको हो । कार्यक्रममा गण्कडी प्रदेश सांसद कल्पना तिवारी, निर्वतमान सांसद मोहन रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, संघका पुर्व अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, नेकपा एमालेका नेता उदय श्रेष्ठ, नेपाली कांगे्रसका नगर सभापति नेत्रप्रसाद पाण्डे, संघका निर्वाचित अध्यक्ष चेतनारायण श्रेष्ठ, संघका निर्वतमान बरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाललगायतले बोल्नुभएको थियो । संघका पुर्व अध्यक्ष तथा निर्वाचन समन्वय समितिका संयोजक पुण्यप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न् कार्यक्रमको संचालन कार्यालय प्रमुख बाबुराम रेग्मीले गर्नुभएको थियो ।