अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङमा माओवादी केन्द्रको ‘जनतासंग पार्टी अभियान’ उद्घाटन

news

 
रेडियो आँधीखोला 
वालिङ, १७ फाल्गुन ।
नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ गल्याङ बजारमा उद्घान गरिएको छ ।  जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा स्याङ्जा क्षेत्र नम्बर–२, (ख) ले अभियान सुरु गरेको हो ।
गल्याङमा सम्पन्न कार्यक्रमले गल्याङ नगरपालिका, चापकोट नगरपालिका र कालीगण्डकी कार्यक्रमको लागि कार्यतालिका तयार गरेको छ ।  सहिद सप्ताहको अवसरमा सुरु भएको अभियान आगामी वैशाख १४ गते सम्म स्थानीय तह र वडा हुँदै टोल र वस्ती स्तरमा सञ्चालन हुनेछ । 
अभियानको गल्याङ बजारमा नेकपा माओवादी केन्द्रका केन्द्रिस सदस्य तथा गण्डकी प्रदेशका बन, बातावरण तथा भूसंरक्षण पूर्व मन्त्री दिपक चर्तिमगरले संघिय लोकतान्त्रिक गणतन्त्र बनाउने एक मात्र पात्र प्रचण्ड भएको दावी गर्नुभएको छ ।
कार्यक्रमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा कालीगण्डकी गाउँपालिकाका इन्चार्ज देबेन्द्र विश्वकर्माले पार्टीको दुई महिने अभियानमा सांस्कृतिक रुपान्त्रणलाई जोड दिन सबै संग अपिल गर्नुभयो । त्यस्तै जिल्ला कमिटि सदस्य अर्जुन श्रेष्ठले अभियानलाई जनताका समस्यालाई पार्टीको नेतृत्वमा हल खोज्नेतर्फ केन्द्रित गर्नुको साथै नेतृत्वमा विचार र संगठनलाई सुदृढीकरणमा समेत जोड्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिका अध्यक्ष चन्द्रबहादुर राना ‘चित्र’ ले गल्याङ नगर भित्र माओवादीमा देखिएका अवसरवादी चरित्र आफै पाखा लागेको भन्दै जनताको मनमा अझ दरिलो गरि माओवादी केन्द्र हावी भएको बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्र कालीगण्डकी गाउँ कमिटिका सचिव तथा युवा नेता आषिस न्यौपानेले नेता कार्यकर्ता कुनैन कुनै उत्पादन संग जोडिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिका सचिव गिताराम ढकाल, नेकपा माओवादी केन्द्र गल्याङ नगरपालिका–२, का अध्यक्ष धनबहादुर थापा, कालीगण्डकी गाउँपालिकाका युवा नेता ऋषिश्वर श्रेष्ठ लगाएतले अभियानको क्रममा नेताहरु जनतातिर फर्किने वातावरणको सिर्जना गर्ने र पार्टीलाई थप क्रियाशिल बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...