अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राष्ट्र गुरु योगि नरहरिनाथको स्मृतिमा बिश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा दिप प्रज्वलन

news

 
रेडियो आँधीखोला 
वालिङ, १८ फाल्गुन ।
बिश्व हिन्दु युव संघ स्याङ्जा द्वारा राष्ट्र गुरु योगि नरहरिनाथको १०९ औ स्मृति दिबसको अबसरमा दिप प्रज्वल्न कार्यक्रम स्याङ्जाको वालिङ स्थित केदारनाथ मन्दिरमा सम्पन्न गरेको छ । कार्यक्रममा बिश्व हिन्दु युवा संघ का केन्द्रिय सदस्य एबम वालिङ ११ का वार्ड अध्यक्ष  ड्ण्ड पाणि पङेनि, समाजसेबी ध्रुब पङेनी, कमल कुवर, दिक्षान्त प्रताप खाण, केदारनाथ मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सिताराम अधिकारी, बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला प्रबक्ता हरि रेग्मी,सह प्रबक्ता कुसल बस्याल,जिल्ला सदस्य प्रज्वल रनपाल,राजन रेग्मी , भिम बहादुर रोका,बबिन पाठक लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै डडपानि पङेनीले योगि नरहरीनाथले देखाउनु भएको बाटो हामिले भुल्न नहुने  बताउनुभयो । उहाले मानव जगतलाइ नै सकारात्मक पथ तिर लम्किन सन्देश दिनु भएको समेत उल्लेख गर्नुभयो ।योगि ले नेपाल लाई आर्थिक रुपमा सबल बनाउन पनि ठुलो योगदान गर्नु भएको कुरा चर्चा गर्नु भएको थियो।बिश्व हिन्दु युवा संघ स्याङ्जाले उदारहरनिय कार्य गरेको भन्दै प्रसंशा गरेका थिए । त्यस्तै सिताराम अधिकारिले योगि नराहरिनाथले गरेको कुरा बताएका थिए। उहाको पहलमा नै यो केदारनाथ मन्दिर स्थापना भएको र योगि यही भूमिमा आएर केही समय बिताउनु भएको र उहाले वालिङ आउँदा गरेका कार्यहरूको बारेमा बताएका थिए।
त्यस्तै  बिश्व हिन्दु युवा संघ जिल्ला अध्यक्ष नबराज पौडेलले योगि जि ले नेपाल लाई गुरु राष्ट्रको रुपमा बिकास गर्न खोज्नु भएको  र पुर्बिय दर्सनको आधारमा हामी हिँडे मात्र योगी जिको सपना पुरा हुने कुरा बताएका  थिए। पौडेललेअहिले योगि जि ले देखाएको बाटो  मा हिडने बेला आएको र उहाले आयुर्बेद मा पनि ठुलो योगदान पुराउनु भएको र उहाले नेपाल भर १२९ ठाउमा कोटिहोम गर्नु भएको कुरा बताउनु भएको कुरा बताएका थिए।योगी जिले गौ संरक्षणमा विशेष जोड दिनु भएको कुरा बताएका थिए।बिश्व हिन्दु युवा संघ स्याङ्जाले उहाको नाम मा योगि नरहरिनाथ संस्कृत पुस्तकालयको पनि स्थापान गरेको र उहाले लेखेका पुस्तकहरु पनि राखिएको बताएका थिए। योगि जिले नेपाल लाई सबल बनाउन धेरै लक्ष्य बनाउनु भएको थियो ती कुराहरूलाई हामिले पूरा गर्नु पर्ने बताएका थिए।      
मनतब्य समाजसेबी कमल कुवर, दिक्षान्त प्रताप खाण लगायतले राखेका थिए । कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मनतब्य ध्रुब पङेनिले राखेका थिए भने कार्यक्रमको सन्चालन बिश्व हिन्दु युवा संघ स्याङ्जाका प्रबक्ता हरि रेग्मिले गरेका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...