समाचार
वालिङमा नेकपा एमालेको मिसन ग्रासरुट अभियान
रेडियो आँधीखोला
वालिङ, १८ फाल्गुन ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियान वालिङमा शुरु भएको छ । आज नेकपा एमाले वालिङले विस्तारित बैठक सहित मिसन ग्रासरुट कार्यक्रमको शुरुवात गरेको हो । पार्टीको शुद्धिकरणसंगै शुदृढिकरण, सदस्यता नविकरण, नयाँ सदस्यता वितरण समेतका कार्यक्रमहरु सम्पन्न गर्ने गरी सञ्चालित अभियालने प्रत्येक वडा तथा टोल टोलमा पुगेर जनवर्गीय संगठनहरु माँझ पुगेर गठन, पुर्नगठनलगायतका कार्यहरु गरिने नगर कमिटिका सचिव यमकान्त खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले केन्द्रिय कमिटि सचिव पद्मा अर्यालले देशले राजनितिक स्थिरता खोजेको तर नागरिकको जनमतलाई विभिन्न स्वार्थमा उपयोग गर्न खोजिएको बताउनुभयो । राष्टिय राजनिति परिवेशले जनतामा फेरि निराशा जस्तो देखिन गएको भन्दै त्यस्तो अस्थिरता सँधे नरहने बताउनुभयो । अस्थिरतालाई स्थिरतामा बदल्नका लागी नेकपा एमाले अनुशासित कार्यकर्ता र नेताको त्यागले महत्वपुर्ण स्थान राख्ने बताउनुभयो । कार्यक्रममा मिसन ग्रासरुट अभियान वालिङका प्रतिनिधि इन्द्रलाल सापकोटाले कम्युनिष्ट अनुशासन बारे बोल्दै हरेक कार्यकर्तालाई उज्यालो भविष्यको चाहानामा सँधै क्रियाशिल रहन निर्देशसन दिनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीले पंचायत कालमा संगठन विस्तारका कठिन दिनहरुको स्मरण गर्दैै खुल्ला राजनितिमा केहि सजिलो भए संगै अनुशासनमा हल्कापन आउन सक्ने विषयमा सचेत रहनुपर्ने बताउनुभयो । फाल्गुन २१ गते कविता प्रतियोगिता संचालन गर्ने निर्णय संगै फाल्गुन महिनाभरमा संगठन सुदृढिकरण कार्यक्रम
गरि थप कार्यक्रमहरु सहित चैत्र २५ गते नगरस्तरीय पार्टी प्रशिक्षणको कार्यक्रम गरिने समेत नगर सचिव खनालले बताउनुभयो ।
कार्यक्रममा प्रदेश कमिटि उपाध्यक्ष मोहन रेग्मी, जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, प्रदेश कमिटिका सचिवालय सदस्य रामबहादुर थापा, सरस्वति भट्राई, उदय श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । नगर कमिटि उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव यमकान्त खनाल र स्वागत सहसचिव पिताम्बर खनालले गर्नुभएको थियो ।