अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट नगरपालिकाले बालमैत्रि दिवस मनाउँदै तयारी तिव्र

news

 
रेडियो आँधीखोला 
वालिङ, १८ फाल्गुन ।
२०७७ सालमा बालमैत्रि नगर घोषणा भएको भीरकोट नगरपालिकाले हरेक फाल्गुन २२ गते बालमैत्रि दिवस मनाउँदै आएको छ । बालमैत्रि नगर घोषणाका लागी आवश्यक सूचकहरु पार गरी २०७७ मा भीरकोट जिल्लामै पहिलो बालमैत्रि नगर घोषणा भएको हो । यही फाल्गुन २२ गते समेत बालमैत्रि दिवस मनाईदैछ । दिवसका लागी नगर तथा वडा वडामा विभिन्न समितिहरु गठन गरी तयारी तिव्र पारिएको वडा नं. ८ का अध्यक्ष नन्दलाल खनालले बताउनुभयो । 
नगरप्रमुख गोविन्दकुमार कर्माचर्यको संयोजकत्वमा  नगरस्तरीय बाल संरक्षण समिति गठन गरिएको छ भने बालअकिार समिति उपप्रमुख भगवती अर्यालको संयोजकत्वमा गठन गरी तयारी तिव्र पारिएको छ । त्यस्तै वडा नं. ९ मा बालमैत्रि स्थानीय शासन वडास्तरीय समिति, समुदाय स्तरीय बाल संरक्षण समिति, बाल संजाल गठन गरिएको छ । 
वडा अध्यक्ष भीम गुरुङको अध्यक्षतामा बालमैत्रि स्थानीय शासन वडा समिति, वडा सदस्य खगिसरा विकको संयोजकत्वमा समुदाय स्तरीय बाल संरक्षण समिति र प्रनिस गुरुङको संयोजकत्वमा बाल संजाल गठन गरिएको छ । यसरी वडा स्तरमा वडा नं. ८, ९, ३, ५, ७ र १ गरी ६ वटा वडामा समिति गठन कार्यक्रम सम्पन्न भएको छ । 
त्यस्तै वडा नं. २, ४ र ६ मा समिति गठन
 गर्न बाँकी रहेको छ । कार्यक्रममा उपप्रमुख भगवती अर्यालले बालमैत्रि भीरकोट नगरपालिकामा हरेक निति नियम निर्माणका कार्यमा बालसहभागितामा गरिँदै आईएको र बालअधिकारहरु सुनिश्चित गरिएको बताउनुभयो । बालबालिकाहरुलाई घरदेखि विद्यालय तथा सार्वजानिक स्थानहरुमा समते बालमैत्रि वातावरणको विकास गर्नुपर्ने भन्दै बालमैत्रि कार्यक्रम कार्यान्वयन पक्षमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहजीकरण सहजकर्ता विष्णुमाया काफ्लेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...