अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रचारप्रसार को अभावमा ओझेलमा गल्याङको सुनपोखरी

news

 
रेडियो आँधीखोला 
वालिङ, १९ माघ ।
गल्याङ नगरपालिका वडा नं. ७ मा रहेको पर्यटकीय सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै परातात्विक महत्व छ । त्यहाँबाट देखिने धौलागिरी, माछापुच्छे्र्र र अन्नपुर्णका हिमसृंखलाहरुले सबैको मन लोभ्याउँछ । सल्लाका फेँदमा बनाईएको बस्ने ठाउँ, संरक्षण गरेर राखिएको पुरानो चौतारी, मन्दिर, पोखरी, भ्युटावर तथा ओढारमा रहेको गणेश आकृतिको चट्टान त्यहाँको आर्कषण हो । त्यहाँबाट कालीगण्डकी किनार, स्याङ्जाका विभिन्न भेगहरु, पाल्पाका भेगहरु, पर्वतका भेगहरु समेत नियाल्दा जो कोहीलाई पनि मन लोभ्याउँछ । 
कुनै बेला नांगो चरनको रुपमा रहेको सुनपोखरी डाँडा अहिले हरियाली र मनामोहक बनेको छ । सुनपोखरी डाँडाका संरक्षण संयोजक दानबहादुर थापाका अनुसार २०४५ साल अगाडि त्यो ठाउँ गौचरन थियो । त्यसपछि २०५० सालसम्म बृक्षारोपण गरेर हरियाली बनाईएको डाँडा विस्तारै पिकनिक स्पटको रुपमा परिणत भयो । 
त्यहाँ बनेका भौतिक संरचनाहरु केहिमा स्थानीयले श्रमदान गरेका छन भने तत्कालिन वन तथा भुसंरक्षण कार्यालयले पनि सहयोग गरेको थियो । संघिय संचारना प्रणाली लागु भएपछि गण्डकी प्रदेशका निर्वतमान सांसद मोहन रेग्मीको पहलमा १० लाख बजेट विनियोजन भएपछि उक्त डाँडामा व्यवस्थित पोखरी, प्लाष्टर गरिएका बाटो, सल्लाको फेँदमा प्लाष्टर गराएर बनाईएको बस्ने ठाउंहरुलगायतका संचरनाहरु निर्माण भएका छन् । 
संभावनायुक्त ठाउँ सुनपोखरीको प्रचारप्रसार हुँन नसक्दा ओझेलमा परेको स्थानीय युवा उमेश दर्लामी बताउनुहुन्छ । पछिल्लो समय गाउँका युवाहरु विदेश पलायन हुने तथा सुखभोगका लागी बजारतिर स्थानान्तरण हुँदा गाउँका पर्यटकीय ठाउँहरुलाई प्रचारमा ल्याउन नसकिएको दर्लामी बताउनुहुन्छ । उक्त डाँडामा रहेको मन्दिर तथा गाउँमा रहेका अन्य मन्दिरहरु गरी ७ वटा मन्दिरमा चण्डी पुर्णिमा दिन एकैपटक पुजा गरिने ऐतिहासिक महत्व रहेको दर्लामीको भनाई छ । 
स्थानीय मुखिया प्रेमनारायण थापाको छोरीहरु तथा परिवारले मनरुपा थापाको स्मृितमा निर्मित भ्यु टावरले उक्त ठाउँलाई आर्कषित बनाएको छ । हरियाली उद्यानको रुपमा विकास गर्न खोजिएपनि सफल नभएको संरक्षक थापाको बताउनुहुन्छ । स्थानिय बृद्धबृद्धाहरुका अनुसार पहिले त्यहाँ सुँगुर तथा बँदेलहरु पाईन्थे र उक्त सुंगुर तथा बंदेलहरुले उधुनेर खाल्टो बनेको र उक्त खाल्टोमा पानी जम्मा भई पोखरीमा परिणत भएको र सुनपोखरी नामाकरण भएको मानिन्छ । सुनपोखरी डाँडामा विभिन्न आमा समुह, क्लबहरु, विद्यालयहरु पिकनिकका लागी जाने गरेपनि उचित व्यवस्थापन भने हुन सकेको छैन् । 
पिकनिकका लागी जानेहरुलाई पिउने पानी, दाउरा, भाडाकुडा, विजुलीको व्यवस्थापन गरिएपनि दिगो व्यवस्थापन हुन सकेको छैन् । छेउमै रहेको ओढारमा गणेश आकृत्तिको चट्टान मा स्थानीयले पुजा अ
र्चना समेत गरे तर ओढार सम्म जाने बाटोको उचित व्यवस्थापन हुन नसकेको संयोजक थापा बताउनुहुन्छ । मगर बाहुल्यता रहेको उक्त ठाउँमा मगर संस्कृतिको समेत जर्गेना गर्दैै उद्यानको रुपमा विकास गर्न बजेट अभाव भएको उहाँको भनाई छ । सुनपोखरीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिए स्थानीयको आयआर्जनमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...